काठमाडौं जिल्ला अदालतले पनि गर्‍यो सेवा कटौती



काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले ६ माघ बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो ।

३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वाेच्च अदालतको ४ माघको पूर्ण बैठकले सेवा कटौती गर्ने निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पनि १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ४ : ४४ बजे