कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
त्यस्तै सीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको पनि उनले बताइन ।
यसअघी सबै सवारिमा जोरबिजोर प्रणाली लागुगर्ने सीसीएमसीसीको निर्णयको निकै आलोचना भएको थियो ।








