सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण



संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ७ : २७ बजे