सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा



सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार  १२ : ४९ बजे