बनेपामा शंकास्पद वस्तु भेटियो, अरनिको राजमार्ग अवरुद्ध



बनेपामा शंकास्पद वस्तु फेलापरेपछी अहिले अरनिको राजमार्ग अवरुद्ध छ ।

बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ ।

शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।

अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शंकास्पद वस्तु फेलापरेको हो । भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने–आउने सवारीसाधनलाई ड्राइभर्सन गरेर सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार  १० : २२ बजे