मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी



युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए ।

दोस्रो चरणको अडिसन आज शनिबार हुँदैछ । पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायक थिए ।

दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक ‘मिस उर्लाबारी’मा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण शुल्कसमेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको विजेता नेमिता आङबुहाङ हुन् भने दोस्रो संस्करणको विजेता रुशाली केसी हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ५७ बजे