नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् ।
वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन अध्यक्षको उम्मेदवार बनेपछि राजीनामा दिएका हुन् ।
उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।









