मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो



डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ ।देशभर सेवा पुर्याउने लक्ष्य लिएर सुरु भएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको हो ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखेो ।

आउँदो समय ग्राहक संख्या विस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेको मा केक काटेर खुसियाली मनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ११ बजे