नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधान न्यायाधीशमाथि महाअभियोग : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधान न्यायाधीश माथि महाअभियोग लगाउनु परेको बताएका छन् । आज राजधानीको मिनभवनमा आयोजित नेपाली कांग्रेसको एकमहिने घरघर जाउ कांग्रेस जिताउ अभियानमा बोल्दै उनले न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायलय सुधारका लागि संविधान अनुसार सुधारको प्रयास थालिएको बताएका हुन् ।

सो अवसरमा बोल्दै सिंहले जनताको घरघरमा पुगेर पार्टिप्रति फैलाएका अनावश्यक भ्रम हटाउन र कांग्रेसलाई नागरिका के कस्ता सुझाव छन बुझेर पाटिमा जानकारी गराउन समेत आग्रह  गरे ।सिंहले  अहिलेको गठबन्धन  परिस्थितिजन्य बाध्यता भएको  भन्दैे चुनाव सम्मै गठबन्धन गरेर जानू पर्छ भन्ने बिषय उठे पनि पाटि भित्र फरक फरक मत रहेकोले एक महिने अभियानबाट जनता कार्यकर्ताले जे सुझाव दिन्छ्न सोहि आधारमा पाटि केन्द्रीय समित बैठक बसेर आवस्यक निर्णय लिने बताए ।

उनले कार्यकर्ता र जन चाहाना अनुसारको निर्णय पाटिले गर्ने भयकाले घर घर ब्पुगेर ब्ब्यति ब्यक्ति लाई भेटेर कांग्रेसका पक्षमा चुनावी माहोल सृजना गर्न समेत कार्यकर्ता लाई आग्रह गरे।एमसिसिका बिषय सरकारमा हुदा हित र सरकार बाहिर हुदा घात देख्ने दलहरुका कारण जन्ता अनावश्यक भ्रम सृजना गर्ने काम भएको भन्दै एमसिसि देस र जनताको हितमा रहेको समेत बताए । नेता सिहले कांग्रेस देस जन्ताको हित सोच्ने पाटि भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत अपिल गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७८ सोमबार  ११ : ४५ बजे