मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडमौंको मेयरका उम्मेद्वार बालेन शाहले होलीमा भृकुटीमण्डपमा प्रस्तुती दिने



काठमाडौँ महानगरपालिका मेयरका उम्मेदावर बालेन शाहले फागुपूर्णिको उपलक्ष्यमा भृकुटीमण्डपमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिने भएका छन् ।कोरोना भाइरस (कोभिड १९) का कारण दुई वर्षसम्म रोकिएको कार्यक्रम यस वर्ष गर्न लागिएको आयोजक ए.एम.ए ईभेन्टस्का संजय लामाले बताए ।

उनले भने, हामीले बिगतका वर्षहरुमा पनि फागुपूर्णिमाको अवसरमा सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएका थियौँ । गत दुई वर्ष कोरोना भाइरसका कारण कार्यक्रम गर्न सकियन अहिले दुई वर्ष पछि कार्यक्रमको आयोजना गर्दै छौँ । सबैको साथ सर्पोट पाउँछौँ भन्ने अपेक्षा गरेका छौँ ।

फागुपूर्णिमा विशेष कार्यक्रममा कलाकारहरु भिटेन, मिस्टर डी, सरकार र माईलाले पनि प्रस्तुती दिने छन् । कार्याक्रम बिहान १० बजे ५ बजे सम्म सञ्चालन हुने भएको छ ।र्‍यापर बालेन शाहले काठमाडौं महानगर पालिकाको मेयरमा उठ्ने यसअघि नै घोषणा गरेका थिए । शाहले नेपाली जनतालाई खूशी दिन आगामी चुनावमा काठमाडौँको मेयरमा उठ्ने बताएका थिए । ३२ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

नेपालका सबै जात जातिले मनाउने होली पर्व यस वर्ष पहाडी भेगमा चैत्र ३ र तराइमा ४ गते मनाउने मनाइँदै छ ।पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ३४ बजे