निर्धारित मितिमा निर्वाचन हुनेमा आंशका नगरौ : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको घटनामा महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएएका छन्  ।सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै उनले हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताएका हुन ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा आंशका नगर्न आग्रह गरे। निर्वाचन निर्धारित मितिमा हुने बताएका प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचन गर्ने काम निर्वाचन आयोगको हो। त्यसमा सरकारले पूरापूर सहयोग गर्नेछ। आयोग पनि निर्वाचन गराउन कटिबद्ध रहेको छ। निर्वाचन ढिला गर्ने मानसायमा सरकार छैन। निर्वाचन सर्ने छैन, निर्धारित समयमा हुनेछ।’

आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी माथि स्थानीयले आक्रमण गरेका थिए ।मोरङको लेटाङ नगरपालिका(५ कि बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको निधन भएको छ।

प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार  २ : ०६ बजे