पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पसले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गिरिजा प्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आउन सम्भब भएको बताए ।
‘सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रीयामा ल्याएर गिरिजाबाबुले गणतन्त्रको नेतृत्व गर्नुभो’,कोइरालाले भने, ‘त्यसैले गिरिजाबाबु सबैको प्रेरणाको श्रोत हुनुहुन्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, संखुवासभाका सभापति दीपक खड्का, नेविसंघकी निवर्तमान उपाध्यक्ष उर्मिला थपलियालगायतको उपस्थिति रहेको थियो ।








