लेटाङ घटनाका दोषीलाई कानुनी कारवाही गर्न कांग्रेस युवा नेता पौडेलको माग



नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मोरङको लेटाङमा महिला प्रहरीको हत्या भएको घटनामा सम्लग्न दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

यस्ता घटना बारम्बार दोहोरिदै जाँदा सामाजिक सुरक्षामाथि गम्भिर प्रश्न खडा भएकोमा पौडेलले सामाजिक सञ्जालमार्फत चिन्ता समेत प्रकट गरेका छन्।

उनले निष्पक्ष छानबिन गरेर कानुनअनुसार दोषीलाई कारवाही गर्नुपर्ने घटनामा सामाजिक अवरोधले गर्दा थप दुर्घटना भएको भन्दै संयमित भएर कानुनी उपचार खोज्न सबैलाइ आग्रह गरेका छन् ।

आवेग र आक्रोशले समस्याको समाधान दिन सक्दैन उल्लेख गर्दै पौडेलले थप घटना दोहोरिन नदिन अनुरोध गरेका छन्।

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ४ : ५८ बजे