मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ममता र डिआरको ‘चाँदनी’ सार्वजनिक



गायिका ममता गुरुङ र डा. डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ । श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायलेनै साथ दिएका छन् । ५ मिनेट भन्दा लमो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ । सम्भवत एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भएको यो पहिलो हो ।

भिडियोको निर्देशन समेत उपाध्यायले गरेका हुन् । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन भिडियोमा छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : ४२ बजे