नेविसंघमा शेर्पा र तरुण दलमा गुरुङलाइ अध्यक्षको जिम्मेवारि



नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा दुजाङ शेर्पा चयन भएका छन् ।तेस्तै तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गरेका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार  ७ : ३३ बजे