मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जोगिन्दर मुखियाजी’ कमेडी शो ल्याउदै शिवशंकर



चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउने भएका छन् । उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् ।‘जोगिन्दर मुखियाजी’ ग्लोवल एचडि टिभीबाट चैत्र १० गतेदेखि प्रत्येक बिहिबार साँझ ७ ः३० बाट प्रसारणमा आउँदैछ । जोगिन्दर उपनामले परिचित रिजालले आफुलाई सबैले बास्तबिक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने भएकोले नयाँ शोमा पनि यो नाम जोडेको बताए ।

यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उनी डेढ बर्षपछि नयाँ टेलिभिजनमा देखिन लागेका हुन् । ‘जोगिन्दर मुखियाजी’ एक पुर्ण मनोरन्जनात्मक शो भएको उनले जानकारी दिए ।‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ , टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उनले भने ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागेको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उनले पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको सुनाए ।

‘जोगिन्दर मुखियाजी’ रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरु खाँदै गफगाफ गर्नेछु’ उनले थपे ‘यसलाई सबैसँग भलाकुसारी गर्ने कार्यक्रम अथवा साझा चौतारी भन्दा पनि फरक पर्दैन ।’ ‘जसरी एउटा मुखियाको घरमा सबै जान्छन् । त्यस्तै कार्यक्रममा पनि सबै क्षेत्रका ब्यक्ति अतिथिको रुपमा निम्त्याउनेछु’ उनले थपे ।

जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजी मार्फत आगामी कला यात्रालाई अगाडी बढाउने योजना उनको रहेको छ । शोमा रिजालले आफ्नो गेटअफ र पहिरन समेत ताराइका मुखिया झै गर्नेछन् ।रिजाल फिल्म, टेलिचलचित्र, कमेडी शोका अलवा स्टेज कार्यक्रममा पनि ब्यस्त रहने कलाकार हुन् । उनी यस अगाडि टेलिभिजन कार्यक्रमको कारणले ‘जोगिन्दर पानवाल’ भनेर चिनिदै आएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५० बजे