कांग्रेस बैठक आइतबार बस्ने गरी सकियो : बहुमत प्रदेश सभापति देखिए गठबन्धनको विपक्षमा



नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन् । आजको बैठकमा प्रदेश समितिका अध्यक्षले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन्।

शुक्रबारको बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् ।

सात प्रदेशमध्ये मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा उभिए भने प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ भने गठबन्धनको पक्षमा देखिए ।

प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार  ६ : ४६ बजे