नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिबर्तनका लागि काम गरेको नेपाली कांग्रेससँग अरु दलहरुको तुलना हुनै नसक्ने बताएका छन् । नेपाली कांग्रेसको एकमहिने अभियानमा आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै उनले उक्त यस्तो भनेका हुन्।
बर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभएर बाध्याताको कारण बनेको भन्दै संविधान र लोकतन्त्र माथि प्राहार भएपछि परिस्थितिलाई समालेर संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धन निर्माण भएको उनले दाबि गरे । स्थानीय निर्वाचनका सबन्धमा कांग्रेसले जारि केन्द्रीय समिति बैठकबाट उपयुकत निर्णय लिने उनको भनाइ थियो।
सिंहले पार्टी निर्णय सबैले पालना गरेर जनतामा जानू पर्ने बताए । उनले उमेदवार सिफारि गर्दा बिधानको परिधि भित्र रहेर गर्न कांग्रेसका सबै कमिटीहरुलाइ आग्रह गरे । टिकटका लागि सबैले प्रयास गर्नपाउने तर जस्ले पाउछ उसलाइ जिताउन लाग्नु पर्ने समेत बताए ।








