मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर



‘द भ्वाइस किड्स’ विजेता जेनिस उप्रेतीको स्वर रहेको गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ ।

गीतकार डा. डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा संगीत संयोजन पनि संगीतकार गिरीकै छ ।

शास्त्रिय गीतको रुपमा प्रस्तुत यो गीत जेनिसले निकै राम्रो तरिकाले गाएका छन् ।

गीतको भिडियो पनि स्टुडियोमै छायांकन भएको छ । भिडियोमा गायक जेनिस, गीतकार उपाध्याय लगायत देखिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : ५९ बजे