मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाबमा तालमेल गर्ने तेह्रथुमका गठबन्धन दलको निर्णय



आगामी वैशाख ३० गते हुने निर्वाचनबका लागि तेह्रथुममा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लामा कृयाशिल रहेको पाँच पार्टी गठबन्धन भएको संयुक्त प्रेश विज्ञप्ति मार्फत मंगलबार सार्वजानिक गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रुपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन । आशन्न स्थानिय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन भाग लिएर प्रतिगमन र त्यसको अबशेष शाक्तीको बिरुद्ध एक भएर उभिने जनअपेक्षा अनुसार गठबन्धन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रमा गठबन्धन सहमति नभए पनि आफूहरु जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमा उत्रने गठबन्धनका नेताहरुको भनाइ छ । यसअघिको निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी रहने भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ३४ बजे