अपाङ्गता भएकी जुनुलाई १२ लाखको पक्की घर हस्तान्तरण



शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । एक तले पक्की घर निर्माण गरिएको हो । घरलाई भने जस्तापाताले छाएको छ ।ओयाम बजारमै निर्माण गरिएको घर जुनुलाई शुक्रबार हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङका पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले जानकारी दिए ।

घरका लागि ओयाम समाज युकेले ६ लाख रूपैयाँमा चार आना जग्गा खरिद गरेको थियो ।उक्त जग्गामा घर निर्माण गर्न फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु ९बेघा० राई सहयोग अभियानले बाँकी ६ लाख रूपैयाँ संकलन गरेको हो ।

जुनु विवाहिता हुन् । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै खुट्टा छैनन् । २७ वर्षीया उनको ५ र ३ वर्षका दुई छोरी छन् ।घरका लागि सहयोग संकलनको संयोजन गर्ने ग्रिन एन्ड क्लिन आवर पाँचथरकी सदस्य पुनम नेम्बाङले जुनुको कष्टकर जीवनलाई सहज बनाउन घर निर्माण गरिएको बताइन् ।घर पाएपछि जुनु पनि खुसी छिन् ।

प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार  १० : ३२ बजे