पुष्पराम केसी सशस्त्र प्रहरीको आईजीपी नियुक्त



सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो ।

प्रतिस्पर्धामा रहेका एआईजी केसी र रामशरण पौडेल मध्य सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएका थिए ।

प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार  १२ : ४२ बजे