मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक तथा संगीतकार पन्त राष्ट्रपतिबाट विभूषित



गायक संगीतकार तथा गितकार कस्तुप पन्त प्रबल जनसेवाश्री चर्तुथ श्रेणी पदकले सुशोभन भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पन्तलाई राष्ट्रिय दिवस २०७८ का अवसरमा घोषणा गरिएको प्रबल जनसेवाश्री चर्तुथ प्रदान गरेकि हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई सरकारको सिफारिसमा सो पदक प्रदान गरिएको हो ।

पदक बितरण गर्न आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ५३ बजे