२०७९ जेष्ठ ११ बुधबार

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार


  • 78
    SHARES
    • न्यू सञ्चार
    • मंगलबार, बैशाख ६ २०७९
    • काठमाडौँ

    राष्ट्रिय लोकदोहोरी महोत्सव(२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएको छ ।

    दोस्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्रो हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएको छ ।

    प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेस्रो हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्रो र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको हो ।

    प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निस्शुल्क गीत रेकर्ड गरिदिने समेत महोत्सव आयोजक डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घोषणा गरेको छ ।

    मंगलबार, बैशाख ६ २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology