मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरको मेयरमा गठबन्धनबाट कांग्रेसका नृपबहादुर बडले दिए उम्मेदवारी



सत्तारुढ गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् ।

मेयरका आकांक्षी वडले उपमेयरमा सुशीला मिश्रको समर्थन र कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम बडालको प्रस्तावमा उम्मेदवारी दिएका हुन् ।

यसैगरी, उपमेयरकी आकांक्षी अधिकारीको समर्थनमा लक्ष्मी अधिकारी र प्रस्थापकमा हरि बुढाथोकी छन् । उम्मेदवारी मनोनयन कार्यक्रममा कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : २० बजे