मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक प्रमोद खरेल सवारी दुर्घटनामा



गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।

दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।

दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ४३ बजे