मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लम्कीचुहा प्रमुखमा कांग्रेसबाट सुशीलालाई आधिकारिकता, भक्तबहादुरको मनोनयन रद्द



कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए ।

दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो ।

लम्कीचुहा नगरपाकिलाका निर्वाचन अधिकृत हिरालाला चौधरीले शाहीको उम्मेदवारी आधिकारिक भएको भन्दै कांग्रेसले जनाकारी दिएपछि थापाको उम्मेदवारी रद्द गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : ०९ बजे