मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिस्नुपानी नेपाल २५औँ वर्षमाः कोभिडमा सुस्ताए पनि अब सक्रिय हुने



नेपाली हाँस्य व्यंग्य क्षेत्रको चर्चित संस्था सिस्नुपानी नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ ।

सो संस्थापका संस्थापक तथा हाँस्य ब्यंग्य लेखक लक्ष्मण गाम्नागेका अनुसार कोभिड महामारीले अलिकति सुस्ताएको जस्तो देखिए पनि सिस्नुपानी नेपाल पुनः सक्रियताका साथ प्रस्तुत हुनेछ ।

नेपालका हाँस्यब्यंग्य क्षेत्रका प्रख्यात कलाकार र लेखकहरुको जमघट रहेको सिस्नुपानी नेपालले मुख्यतः तिहारका अवसरमा व्यंग्यात्मक देउसी भैलो कार्यक्रम राखेर राजनीतिक दलका नेता तथा अन्य विशिष्ट वर्गलाई आलोचनामार्फत सचेत गराउँदै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : १६ बजे