बुटवलमा प्रेसर कुकर बम बिस्फोट



बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विष्फोटबाट भौतिक तथा मानवीय क्षति भएको छैन । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ ।

 बिस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  १० : ३६ बजे