मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवाले डडेल्धुराको असिग्राम ‘ख’ बाट मतदान गर्ने



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् ।

प्रधानमन्त्री देउवाको मतदाता नामावली रुवाखोलामा छ । आइतबार साँझबाट देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : ५१ बजे