मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै महानगरपालिकमा विहानबाट मतगणना सुरु हुँदै



देशका सबै महानगरपालिकामा आज विहानबाट मतगणना सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने जनाइएको छ भने ललितपुर महानगरपालिकामा बिहान ७ बजेदेखि ।

काठमाडौं महानगरपालिकाको मतगणनान गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि राती सुरु हुन सकेको थिएन । प्रतिनिधिको संख्या मिलेपछि विहान ८ बजेबाट सुरु गरिन लागिएको हो ।

भरतपुर महानगरपालिकामा पनि बिहान ८ बजेपछि मतगणना सुरु गरिने सहमति भएको छ ।

विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ । पोखरा महानगरपालिकामा बिहानदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १४ बजे