डोटीको बडिकेदार गाउँपालिकामा नेपालि कांग्रेस विजयी



डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो।

निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल)ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा ९एमाले० की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेकी छन्।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा ९एकीकृत समाजवादी०का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा ९माओवादी केन्द्र०की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरेकी छन्।

यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा ९माओवादी केन्द्र० का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन्।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आइतबार  ११ : ५० बजे