मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुहबीको मेयरमा एमालेको अग्रता



सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडि देखिएको छ ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार बिनय कुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बेदनारायण गच्छदारले १९ सय ४८ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार मेनुका पोखरेल खतिवडाले १८ सय २६ मत प्राप्त गरेकी छिन् भने जनता समाजवादी पार्टी र नेकपा एमालेबाट गठबन्धन गरेका जसपाबाट उपमेयरका उम्मेदवार सरोज कुमार सिंहले ८ सय २९ मत प्राप्त गरे ।

यसैगरि जनमत पार्टीबाट मेयरका उम्मेदवारले १ सय ४७ मत प्राप्त गरे। राप्रपाबाट मेयरका उम्मेदवारले ७७ मत प्राप्त गरे। माओवादी केन्द्रबाट मेयरका उम्मेदवारले ४४ मत प्राप्त गरे। स्वतन्त्रबाट मेयरका उम्मेदवारहरुले क्रमस ३२ र १९ मत प्राप्त गरे। यसैगरी राप्रपाबाट उपमेयरका उम्मेदवारले १ सय ६० मत प्राप्त गरे। लोसपाबाट उपमेयरका उम्मेदवारले ७० मत प्राप्त गरे। माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले ५४ मत प्राप्त गरे । अहिले दुहबी वडा नम्बर २, ३ र १२ को मतगणना भइरहेको छ ।

अहिले सम्म दुहबी वडा नम्बर १ बाट नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार अजुल हुसैन ९ सय २९ मत सहित वडाअध्यक्षमा बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जाकिर मियाँले ८ सय १३ मत प्राप्त गरे । २०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट अजुल हुसैन दुहबी वडा नम्वर १ मा ५ सय ४८ मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए ।

२०७४ सालको स्थानिय चुनावमा नेपाली कांग्रेसबाट अरविन्द बिश्वासले दुहबी वडा नम्वर २ मा २ सय ८३ मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवारमा दुहबी २ नम्बर वडामा ४ सय ६३ मत सहित अग्र स्थानमा छन् ।

२०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट माधव भण्डारीले दुहबी वडा नम्वर ३ मा ५ सय ४० मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए भने हाल नेकपा एमालेबाटै ३ नम्बर वडामा ३ सय ८८ मत सहित अग्र स्थानमा छन् । २०७४ सालको स्थानीय चुनावमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाअध्यक्षमा खुसीलाल चौधरीले दुहबी वडा नम्वर १२ मा ९ सय ९० मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट १२ नम्बर वडामा २ सय ७६ मत सहित दोश्रो स्थानमा छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : १७ बजे