बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कुँवर विजयी



कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी भएका छन् ।

उनले कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई पराजित गरेका हुन् ।

कुँवरले ५८४२ मत पाए । उपाध्यक्षमा एमालेकै गणेशराज गिरीले ४५६९ मत ल्याएर माओवादीकी इन्दु कठरियालाई पराजित गरे ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  १ : ०२ बजे