देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् । देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित भएका हुन् । १२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका न्यौपानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मतमात्रै प्राप्त गरे । अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा कांग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।
त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित भएकि छीन् । तिवारीले १२ हजार ७४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सत्यनारायण भुसालले आठ हजार २२८ मत प्राप्त गरे।
यहाँ यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नगरप्रमुख कांंग्रेसका उम्मेदवारले जितेका थिए । यसपटक नवलपुरमा कांग्रेसले यो सहित तीन स्थानमा आफ्नो पकड गुमाएको छ । यसअघि प्रमुख अध्यक्ष पद जितेको बौँदीकाली, हुप्सेकोट, बुलिङटार र देवचुली नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कांग्रेसले हुप्सेकोट गाउँपालिकामा मात्र आफ्नो बिरासत जोगाउन सकेको हो ।








