मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा नागेश कोइरालाले लिए ३९३७ मतको अग्रता



विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा अग्रता बढाउँदै लगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बेलुकासम्म गणना गरिएको ४८ हजार २०१ मतमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १५ हजार ४३० मतका साथ अग्रता लिएका छन् ।

उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ९ सय ३७ मतको अग्रता लिएका हुन् । थापा ११ हजार ४९३ मतका साथ कोइरालालाई पछ्याइरहेका छन् । स्वतन्त्रतर्फ उम्मेदवार उमेश यादवको ४ हजार ८०७ मत रहेको छ।

नेकपा एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले पनि आफ्नो अग्रतालाई कायम राखेकी छन् । कार्कीले हालसम्म १३ हजार १७९ मत पाएकी छन् । गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव ७ हजार ९४६ मतका साथ प्रतिस्पर्धामा छन् ।

राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले ३ हजार ७ सय ७९ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : १३ बजे