नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट निर्वाचित



नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्। विष्ट गठबन्धनका उम्मेदवारसमेत हुन्।

उनले २३ हजार ४६० मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले ७ हजार ५९८ मत पाए

यस्तै उपप्रमुखमा गठबन्धनमा आबद्द जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भए।

२३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा मतगणनाको सुरुवात देखिनै फराकिलो मतान्तरले अगाडि रहेका विष्ट र राई नै विजयी हुने आँकलन थियो

 

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ८ : ३३ बजे