मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने



अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचीत भएकी छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी हुन् ।

उनले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२, एमालेका नन्दबहादुर कडायत २ हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्ट ६ ९२ र स्वतन्त्र टंक तिमिल्सैना १५४ मत पाए ।

उपप्रमुखमा कांग्रेसकै हर्कबहादुर रावल विजयी भए। उनले ४ हजार १८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता रावल २ हजार ६१८, एमालेकी राजु सञ्जाल १ हजार २ र एकीकृत समाजवादीकी कृष्णा जैशी न्यौपानेले ८७८ मत पाए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ४२ बजे