नुवाकोट लिखु गाउँपालिका-३ का वडाध्यक्ष मगरद्वारा पदभार ग्रहण



जिल्लाको लिखु गाउँपालिका वडा नं ३ का नवनिर्वाचित वडाध्यक्ष सिताराम पुलामी मगर (राम)ले पदभार ग्रहण गरेका छन् ।नवनिर्वाचित मगरले शुक्रबार लिखु वडा नं ३ को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई कर्मचारीहरुले फुलगुच्छासहित स्वागत गरेका थिए ।नवनिर्वाचित अध्यक्ष मगरले आगामी दिनमा विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू जनप्रतिनिधि हुनुअघि पनि निरन्तर जनताको सेवामा खटिएको बताउँदै आगामी दिनमा थप सक्रियताका साथ सेवामा समर्पित रहने बताए ।

गाउँमा जन्मिएको र गाउँको समस्यासँग परिचित भएको बताउँदै गाउँको समस्या आफ्नै समस्या मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।वडाध्यक्षमा निर्वाचित हुनुअघि पनि मगर निरन्तर समाजसेवामा लागि पर्ने गरेका थिए ।३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मगरले वडा नं. ३ मा नेपाली कांग्रेसको प्यानलसहित जित हासिल गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ५ : ३३ बजे