नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् ।
प्रहरीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारि दिएको छ ।
सुन्दरी प्रतियोगिताका आयोजना हुदा पाण्डेबाट आफू बलात्कारमा परेको घटना एक युवतीले सार्वजनिक गरेपछि पाण्डेलाइ पक्राउ गर्न प्रहरीमाथि दबाब बढि रहेको थियो ।
हिजोको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न सरकारसँग माग गरेका थिए ।उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न समेत सरकारसँग आग्रह गका थिए ।








