जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार मनोज कुमार साह निर्वाचित भएका छन ।
१३ हजार ४६५ मत ल्याउँदै साह जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए ।लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३६० मत ल्याएर तेस्रो स्थानमा रहे ।
उपप्रमुखमा १५ हजार ५२५ मत ल्याएर गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८१७ मत पाइन् ।








