मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरक्षेत्रमा निःशुल्क शव वाहनको व्यवस्था गर्ने सुन्दरबजार नगरपालिकाको पहिलो निर्णय



लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुई वटा नगरबसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको नव निर्वाचित मेयर कृष्णप्रसाद कोइरालाले बताए ।

उनले भने जिल्लामै शव वाहनको व्यवस्था छैन । सुन्दरबजार नगरपालिकामा दुई वटा नगर बस छ यसको सही व्यवस्थापन हुन सकेको छैन । यहाँ शव वाहनको निकै आवश्यकता छ । नगरवासीको आवश्यकतालाई मध्यनजर गदै नगरवसलाई शवबाहनको व्यवस्था गरिनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : १३ बजे