मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत



स्थानीय तह निर्वाचन २०७९को दाङमा स्थानीय तहको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेको छ । नौ स्थानीय तहको नजिता सार्वजनिक भइसकेको छ भने एक स्थानीय तहको मतगणना जारी रहेको छ । दाङमा काग्रेस पहिलो शक्ति बनेको छ ।

जिल्लामा सार्वजनिक भएको नजिता अनुसार जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको सतप्रतिसत प्रतिनिधित्व हुने देखिएको छ । १० स्थानीय तहमा काग्रेस जिल्लामा पहिलो बन्दै अहिलेसम्म १२ जना प्रमुख÷उपप्रमुख जितेको छ । १२ प्रतिनिधि जितेको काग्रेस समन्वय समिति गठनका लागि प्रष्ट बुहमत देखाएको छ । तुलसीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिनाण आउन बाँकी रहदै काँग्रेस जिल्लामा स्पष्ट बहुमतमा देखिएको हो । र पहिलो शक्तिको रुपमा कम्ब्याक भएको छ ।

काग्रेसले एकल रुपमा निर्वाचनमा गएर बबई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, लमही नगरपालिकामा नगरप्रमुख/उपप्रमुख जितेको छ । त्यसै बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेर नेपाली काँग्रेस दाङमा बहुमतमा देखिएको हो ।

माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ । बंगलाचुली गाउँपालिकामा अध्यक्ष, राप्ती गाउँपालिकामा अध्यक्ष र गढवा गाउँपालिकामा अध्यक्षमा जितेको छ । त्यसै गरेर नेकपा एमालेले घोराही उपमहानगरपालिका प्रमुख उपप्रमुख र राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ । यसरी हेदौ पनि एमाले माओवदी एक ठाउँमा जादा समेत काग्रेस दाङमा पालिकामा बहुमतमा देखिएको छ । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणण जारी रहेके छ । यहाँ दुबै पदमा एमालेका उम्मेदवार अगाडी देखिएका छन ।

जिल्लामा निर्वाचनमा जादा माओवादी, काग्रेसल लगायतको तीन स्थानीय तहमा गठबन्धन गरेका थिए । बंगला चुली बाहेकका स्थाननमा गठबन्धनले जित्न सकेन । माओवादी राजमो, एकिकृत समाजवादीले राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा चुनावी गठबन्धन गरेका थिए । त्यँहा प्रमुख माओवादीले जितेको छ भने गठबन्धनको उपाध्यक्षले पराजित भएको छ । अन्य पालिकामा भने सबै राजनीतिक दल एकल रुपमा निर्वाचनमा गएको देखिन्छ ।

नेपाली काग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा काग्रेसको स्पष्ट बहुमत देखिएको भए पनि समन्वय समितिको विषयमा छलफल नभएको बताए । उनले तुलसीपुर उपमहानगरपालिकाको नतिजा आइ सकेपछि निर्णय लिइने बताए । अहिले यो विषयमा छलफल नभएको डाँगीले बताए । उनले गठबन्धको जिल्लाको अवस्था र केन्द्रको निर्देशन अनुसार जिल्लामा निर्णय लिइने बताए । उनले समन्वय समितिका छलफल गरेरका टुङगोमा लगाउने र कसरी जाने भन्ने पनि २÷३ दिन पछि मात्रै थाहा हुने बताए । जितेको हैसियत अनुसार पदीय जिम्मेवारी समन्वयमा हुन सकने संकेत सभापति डाँगीले गरे ।

माओवादी केन्द्रका जिल्ला सह इन्चार्ज निर्मल आचार्यले समन्वय समितिको लागि काँग्रेस सविधा युक्त बहुमतमा रहेको आफनो दावी नरहेको बताए । उनले काग्रेसले भूमिकाले र निर्णयले गठबन्धनको समन्वयमा सहभागिता जोडने बताए । काग्रेसले समेटन खोजेमा हामी तयार छौ, उनले भने, काग्रेस एक्लै जान खोजे उसंग सुविधाजनक बहुमत छ, हामीले दावी गर्ने ठाउँ छैन । सामान्य यो विषयमा छलफल भएको तर उपमहानगरको नतिजा नआउँदा सम्ममा निर्णय नहुने उनले बताए । उनले जीतको आधारमा सहभागिता हुने अवस्था आउने र गठबन्धन नटुटने जिकिर गरे ।

केन्द्रको नीति अनुसार जिल्लामा गठबन्धन कायम रहने विश्वास राखिएको छ । भने एमाले एक्लै जाने देखिन्छ । जिल्ला समन्वय समितिको निर्वाचनमा २० मत रहेको छ । त्यसमा १२ काग्रेसले जितिसकेको छ । भने माओवादी केनद्रले ३ र एमालेले ३ जिति सकेको अवस्थगा छ । तुलसीपुरको दुई पदमा मतगणना जारी रहेको छ । अन्तिम परिणाम आएको छैन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ०६ बजे