बागमतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस



बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने छन् ।

प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आध कार्यकाल नेकपा ९एकीकृत समाजवादी०ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताए ।

उनले अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भने ।

४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार  ४ : १३ बजे