आगामि आर्थिक वर्षका लागि सरकारले संसद् मा पेश गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबारको बैठकबाट सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पारित भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसद्मा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले भोलि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।








