मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने



सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने छन् । प्रदेश सभाको दसौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपराह्न ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए ।

बिहीबार बसेको प्रदेशसभाको चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेस गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि थप छलफल भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : ११ बजे