एक साता अगाडि नै भित्रियो पूर्वीनेपालबाट मनसुन



पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन ९२२ जेठ आइतबार० प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७४र०२र२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ ।’

नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७९ आइतबार  ४ : ०१ बजे