आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन
लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको छ ।
सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
“३को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप
मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक
पाउनेछन्। यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ ।
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल
रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने
आइएमई पेले बताएको छ ।








