नेपालि कांग्रेसका केन्द्रीय सदस्य एबम युबा नेता प्रदिप पौडेलले मिटरब्याज असुली गर्नेहरुप्रति आक्रोस ब्यक्त गरेका छन् ।मिटरब्याज असुली गर्नेहरुबाट तराईका ग्रामिण इलाकाका विपन्न परिवारको उठीवास लगाउने क्रम आजसम्मपनि नरोकिनु गम्भिर विषय भएको पौडेलल उल्लेख गरेका छन् ।
तराईका ग्रामिण इलाकाका मिटरब्याज असुली गर्नेहरुबाट सर्बसाधारण पिडीत भइरहेको भन्दै उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्ता बिकृती रोकिनुपर्ने बताएका हुन् ।
नेता पौडेलले प्रधानमन्त्री स्वयमले साहुकर र मिटरब्याजीलाई तत्कालै पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिनु एकदमै सराहनीय भएको पनि उल्लेख गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, “साहुकर तथा मिटरब्याज असुली गर्नेहरुबाट तराईका ग्रामिण इलाकाका विपन्न परिवारको उठीवास लगाउने क्रम आजसम्मपनि नरोकिनु गम्भिर विषय हो । प्रधानमन्त्री स्वयमले विषयको गम्भिरतालाई मध्यनजर गर्दै साहुकर र मिटरब्याजीलाई तत्कालै पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिनु एकदमै सराहनीय छ।”








