मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं सर्ट फिल्म फेस्टामा सहभागिताको आह्वान



छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैटौं संस्करणका लागि आह्वान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ ।

फेस्टा एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले छोटा फिल्म एवं छोटा वृत्तचित्रले भाग लिन पाउने बताए । उनका अनुसार छोटा फिल्म एवं छोटा वृत्तचित्रको समयावधि २ मिनेटदेखि ५९ मिनेटभित्रको हुनुपर्नेछ ।

‘नेपालमा पछिल्लो समय छोटा फिल्म एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा फिल्म एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता फिल्म एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त बनाउन प्रोत्साहन दिने फेस्टिभल गर्न गरेका हौं’, उनले भने ।

फेस्टामा सहभागी फिल्मलाई बेस्ट सर्ट फिल्म (फिक्सन), बेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट/स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायतका अवार्ड प्रदान गरिनेछ । यीमध्ये बेस्ट सर्ट फिल्म (फिक्सन) र बेस्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : २१ बजे